रौतहट, १८ मंसिर । रौतहटको विभिन्न ठाउँबाट अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेको सरसामानसहित मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरीको गस्ती टोलीले गस्तिकाे क्रममा रौतहटकाे गौर नगरपालिका वडा नं.१ र ईशनाथ नगरपालीका वडा नं.८ बाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको BR55D 3583 र BR30C0597 नं.को मोटरसाइकल ,किराना, लत्ताकपडा र सोफी लगायतका सर सामान ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरीले बरामद गरेको छ।

गस्ती टोलीलाई देख्ने वित्तिकै मोटरसाईकल सहित सामान फाली भागी फरार भएकोले सो स्थानबाट प्रहरी टोली बेबारिसे अबस्थामा रहेको मोटरसाईकल २ थान, किराना, लत्ताकपडा र सोफी गरी २,३८,१५० (दुई लाख अड्तिस हजार एक सय पचास) मूल्य बराबरको सामान र दुई ओटा मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएको छ।