फागुन ९ , रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ७ घिउरामा सरस्वतीको मुर्ती सेलाउने विषयलाई लिएर भएको झड्प पछि अनिश्चितकालिन लगाइएको कर्फयु बुधवार साँझ ५ बजे देखि हटाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी गरिएको सुचना इशनाथको अवस्था सामान्य बन्दै गएकोले कर्फयु लगाउनुपर्ने अवश्यक्ता नरहेको हुँदा आज बुधवार
साँझ ५ बजे देखि पूर्ण रुपमा कर्फयु हटाइएको हो ।


इशनाथ नपा ७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मुर्ती विसर्जन गर्ने क्रममा दुई समुदाय बीच
उत्पन्न विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्न गत ५ गते बेलुका ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि इशनाथ नपाको वडा नम्वर २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क (१) बमोजिम कर्फयु आदेश जारी गरिएकोमा हाल अवस्था सामान्य भइसकेको उक्त क्षेत्र सिमा विस्तार सहितको गत ६ मा जारी कर्फयु आदेश स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को ५ बमोजिम आज साँझ ५ बजे देखि लागु हुनेगरी पूर्ण रुप्मा हटाइएका छ ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गाउँ समाजमा धार्मिक, जातिय, एक अर्कोको धर्म प्रति विवाद नगर्ने सहमती भएको दुई दिनपछि स्थिति पूर्ण रुपमा सामान्य भईसकेको महसुस गर्दै कर्फयु हटाइएको उनले स्पष्ट पारे ।