रौतहट जिल्लाको गौर नगरपालिका स्थित रहेको गौर राईस मिलको मैदानमा आज देखि दशै तिहार रमाइलो मेला २०८१ शुरू भएको छ । जिल्लाको सदरमुकाम गौरको व्यापर प्रबर्धन गर्ने उदेश्यले आयोजना गरिएको मेला गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले उदघाटन गरे पछि मेला विधिवत रुपमा शुरू भएको हो । हिन्दूहरुको पर्व दशैको बेला सञ्चालन गर्नु पर्ने मेला बाढ़ीको कारण कार्तिक ५ गते देखि शुरू गरिएको आयोजक समिति एभरेस्टे इभेन्ट प्रा ली चितवनका संचालक राजगीर जयसवालले जानकारी गराएका छन ।
कार्तिक २३ गते सम्म सञ्चालन हुने मेलामा विभिन्न किसिमका खेल तमासा , भोजपुरी नेपाली कलाकारहरुको प्रस्तुति , बालबालिकाहरुको लागि झूला , बैष्णो देवी ,केदारनाथ मंदिरको सुन्दर गुफा निर्माण गरिएको छ । मेलामा मनोरन्जनको साथै विभिन्न किसिमका सामग्री विक्री वितरणको व्यवस्था समेत गरिएको छ । मेलामा आउनेहरुको सुरक्षाको लागि उचित व्यवस्थापन समेत गरिएको छ भने ५ दिन सम्म निशुल्क प्रबेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
५ दिन पछि प्रबेश शुल्क प्रति व्यक्ति २० रुपैया लिने जेष्ठ नागरिक ,अपांग , बालबालिकाहरुलाई निशुल्क प्रबेश गर्न दिने व्यवस्था गरिएको मेला समितिका संयोजक रबी मिश्राले जानकारी दिएका छन । नगर प्रमुख शम्भू साहले मेलाले व्यापारमाँ ठूलो योगदान दिने बताएका छन । मेलाको आयोजनाले गौरका व्यापारीहरुलाई फायदा हुने बताउँदै मेलालाइ व्यवस्थित रुपमा समापन गर्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छ ।
मेला समितिका अध्यक्ष मिश्राले मेलाको विषयमाँ गलत भ्रम छर्नेलाइ क़ानूनी कार्यवाहीको प्रक्रिया अपनाउने चेतावनी समेत दिएका छन ! उनले ,मेलामा आउनेहरुको पूर्ण सुरक्षाको व्यवस्था गरिएकोले निर्भय रुपमा मेला हेर्न आऊंन समेत आग्रह गरेका हुन ।