साउन १२ गते, रौतहट । रौतहटको राजदेवी नगरपालिकामा जनमत पार्टीको कार्यकर्ताले सूचना तथा विवरणको प्रतिलिपी पाउ सम्बन्धमा निवेदन दर्ता गराएका छन् ।

जनमत पार्टीको केन्द्रीय सदस्य बिकास कुमार यादवले विभिन्न सुचनाको हक अन्तर्गत विभिन्न विवरणहरुको माग राख्दै निवेदन दर्ता गराएको हो ।उक्त सुचना नेपालको संविधान को धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार ति सुचना तथा जानकारीको प्रमाणित प्रतिलिपि माग गरिएको छ।

पालिकामा भएको विभिन्न शाखामा विभिन्न कार्यहरुको विवरण जानकारी पाउनको लागि त्यो निवेदन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलागि बुझाइएको हो।

निवेदनमा उल्लेखित बमोजिमको सूचना छिटो उपलब्ध गराइदिनका लागि प्रमुख प्रशासकीय अधिकृत कायस्थलाई जनमत पार्टीको कार्यकर्ताहरुले आग्रह समेत गरेका थिए। निवेदनमा आ.व २०७९-२०८० को यस नगरपालिकामा ससर्त अनुदान,वितिय समानिकरण, समपुरक अनुदान, विशेष अनुदान र राजस्व समेतको बजेटको विवरण।
आ.व २०७९-२०८० को कृषि सम्बन्धी यस नगरपालिकामा रहेका सम्पूर्ण बजेट विनियोजन र संचालन भएका कार्यक्रमको सम्झौता,स्टिमेन्ट र निर्माणको प्रमाणित प्रतिलिपि।
आ.व २०७९-२०८० मा शिक्षा क्षेत्रमा के कति रकम विनियोजन भएको सो को विवरण तथा उपलब्धीहरु । आ.व २०७९-२०८० को यस नगरपालिकामा स्वास्थ्य तर्फ के कति औषधि खरिद भएको हो र के कति बजेट खर्च भएको सो को विवरण। आ.व २०८९-२०८० मा खेल कुद तर्फ के कति बजेट खर्च भएको सो को विवरण। यस नगरपालिकाबाट नगरपालिकामा रहेका स्थाइ,अस्थाई र करारमा रहेका कर्मचारीहरुको विवरण साथै नियुक्ति पत्र, हाजिरी रजिष्ट्रारको प्रतिलिपि तलबको विवरण। २०७९-२०८० को‌ कार्यपालिका बैठक हरुको निर्णय प्रतिलिपि। अहले सम्मको पदपूर्ति समितिको निर्णय र छनौट प्रकृयाको प्रतिलिपि । २०७९-२०८० र २०८०-२०८१ को‌ नगर सभाको निर्णय को‌ प्रतिलिपि। आ.व २०७९-२०८० को जनप्रतिनिधि तथा कर्मचारीहरुले कति सुविधा रहेको र डिजल, पेट्रोल, मोबिल,के कति खर्च भएको सो को विवरण। यस नगरपालिकामा जिन्सी शाखा अन्तर्गत के कति जिन्सी रहेको र चार चक्का , एम्बुलेन्स, सेप्टीटंकी सरसफाई , जेसीबी, टिपर , मोटरसाइकल समेतको मर्मत खर्च भएको हो सो को विवरण।यस नगरपालिकामा रहेका सवारी साधन कुन कुन तहका कर्मचारीले र जनप्रतिनिधिहरूको नाम जिम्मामा रहेको हो सो को विवरण।आ.व २०७९-२०८० मा यस नगरपालिका बाट के कति कुन कुन व्यक्ति वा संस्थाहरूलाई आर्थिक सहयोग वितरण भएको सो को विवरण। आ.व २०७९-२०८० यस नगरपालिकामा चलती खाताको‌ बैंक स्टेटमेन्ट को विवरण लगायत अन्य सूचना माग गरिएको छ।

जनमत पार्टीका केंद्रीय सदस्य विकास कुमार यादवले माथि उल्लेखित सुचना उपलब्ध गराउँदा लाग्ने कानुन बमोजिमको शुल्क बुझाउन तयार रहेको बताएका छन्।

माथि उल्लेखित विभिन्न बुन्दाहरुको प्रतिलिपीहरु उपलब्ध गराउनको लागि प्रमुख प्रशासकीय अधिकृत कायस्थले १० दिनको समय लिएको नेता यादवले बताएका हुन् । यस क्रममा यादवका साथै जनमत पार्टीका जिल्ला सदस्य शिव शरण यादव , नगर सचीव अमरेन्द्र साह,बिपिन यादव, जनमत पार्टीका वडा प्रत्यासी सुरेन्द्र ठाकुर , बिर्जु ठाकुर , जामुन दास, अरुण यादव , शशि भुषन साह,किश्नन्दन तिवारी , शम्भु ठाकुर,नितेश झा क्यलाश महतो लगायत जनमत पार्टीको विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।