रौतहट ।। जनमत पार्टी रौतहटको पूर्व जिल्ला सचिव एवं क्रान्तिकारी युवा नेता बिकास कुमार यादव जनमत पार्टीको केन्द्रीय सदस्यमा मनोनयन भएको हो । बाल्य कालदेखि नै राजनीति क्षेत्रमा आफ्नो योगदान दिदै आइरहेको नेता यादव पार्टीको केन्द्रिय सदस्यमा मनोनयन भएको हो ।

विगत लामो समय देखि जनमत पार्टीको जिल्ला सचिवको पदको जिम्मेवारी समाल्दै जनमत पार्टीको लागि विद्यार्थीकाल देखि अहिलेसम्म आफ्नो जीवन बिताउन भएको यादवको योगदानलाई मुल्यांकन गर्दै पार्टीको राष्ट्रिय अध्यक्ष डा. सि.के. राउत ले उहाँलाई केन्द्रिय सदस्यको जिम्मेवारी दिनुभएको छ् । उनी सधै देखि पार्टीमा अहम भुमिका निर्वाह गर्दै आउनुभएको हो ।

पार्टीको युवा नेता बिकास कुमार यादवले डा. राउतको अभियानमा सुरुदेखि नै लागी सुखदुःख सहि डा. राउत अभियानलाई सफल हदसम्म पुर्याउनमा आफ्नो अहम् योगदान दिदै आइरहेको हो । पार्टीको केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा मनोनयन भएको खबर सुने पछि धेरै नेता कार्यकर्ताहरु उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।