श्रावण १६ बिना राउत, रौतहट।दलित बस्तीमा बैङ्कको ऋण लगानी जती हुनुपर्ने हो त्यति हुन सकेको अवस्था छैन।आर्थिक रूपमै पिछडिएको, विपन्न समुदाय दलित समुदायको उत्थानको लागि धेरै सरकारी तथा गैरसरकारी सङ्घ संस्था विगत देखि नै लागिपरेका छन्। चुनावको बेला पनि नेताहरुले दलितको लागि यो गर्छु त्यो गर्छु। दलितको मुद्दामा काम गर्ने भन्दै भोट माग्न आउने गरेको हुन्छ कतिले उनीहरूका लागि केही काम गर्छन् भने केही त चुनाव जितेपछि फर्केर आउँदैन दलित वस्तीमा झन हार्ने व्यक्ति त आउँदै आउँदैन लगाएत केही दलित समुदायको व्यक्तिको गुनासो बेला बेला आउने गरेको छ।दलित समुदायका महिला ,बालबालिका,युवा,वृद्ध वृद्धा अझै पनि अवसरको खोजीमा छन्।रोजगारीको खोजीमा छन्। उच्च शिक्षाको पहुँचमा आउन चाहन्छन्। तर आर्थिक अवस्था कमजोर भएपछि बाध्य भएर सानै उमेरदेखि विभिन्न कामको खोजीमा गर्दै वैदेशिक रोजगारीको खोजीमा कहिले विदेश जान बाध्य हुन्छ कहिले भारतको दिल्ली कहिले भारतको पंजाब,कहिले आफ्नो बालबच्चा परिवारको पेट भर्नका निम्ति अरूको खेतमा मजदूरी गर्न अझ भनौं भने दलितले गर्ने काम भनेर चिनिने काम गर्न नै बाध्य हुन्छ। यता बालबालिका पनि आमा बुवा काे लाचारीपन,गरिबी, देखेर सानै उमेरमा रोडको छेउतिर अथवा भनौँ फोहर फाल्ने ठाउँमा गएर लोहा, सिसाको वोतल,प्लास्टिकको वोतल खोज्ने र त्यही वोतल बेचेर पैसा कमाउन सुरु गरेका हुन्छन्।
अहिलेसम्म दलित समुदायको व्यक्तिहरू आफ्नो बाबू बाजेले गर्ने गरेको पेशा नै गर्ने गरेको स्थानीयले बताएका छन। उनीहरुले विशेष गरी रोड बढार्ने,शौचालय सफा गर्ने,फोहरमैला व्यवस्थापन गर्ने,ठूला वडाको घरको काम गर्ने, लगाएतका पम्परगत काम मात्र गर्ने गरेको पाइन्छ। उच्च शिक्षा काे पहुँचमा थोरै दलित समुदायको किशोर किशोरी आउने गरेको छ । रौतहट जिल्लाको धेरै पालिकामा बसोबास गर्ने केही दलित समुदायको व्यक्तिको आफ्नो न त घर नै छ न त आफ्नो जग्गा जमीन। घर भए पनि की त खरले छाएको फुस की त गर्मीमा बस्नै नसकिने त्यो टीनको छानो भएको घर की खप्राको हुने गरेको छ गरिबीको रेखामुनि रहेको दलित समुदायको परिस्थिति भने थोरै परिवर्तन बाहेक केही हुन सकेको छैन ।अनी कहा गर्ने,कसरी गर्ने व्यापार व्यवसाय उनीहरु।दलिका धेरै समस्या चुनौती मध्येको एक बैकको सहुलियतपूर्ण ऋण उपलब्ध नहुनु ।धितो राख्न जग्गा जमीन चाहिन्छ तर दलित समुदायको केही व्यक्तिहरु आफ्नो जग्गा न भएर अलानी जग्गामा घर बनाई बस्न बाध्य छन्।अनी कहाँबाट पाइन्छ ऋण केही साहु महाजनको ऋण लिएर आफ्नो परिवारको भरणपोषण गरिरहेको अवस्थामा जग्गा नै न भई ऋण पाउने मुश्किल हुन्छ केही बैंकले भने बिना जग्गा धितो ऋण गरेको बताइएको छ भने केहीले बिना धितोको ऋण पनि केहीको पहुँचमा मात्र रहेको पाइएको छ।
एक दलित समुदायका अरुण माझी (मुसहर) २४ वर्षका भए। मधेसमा पानी प्राप्त गर्ने माध्यम कल बनाउने मिस्त्री हुन उनको यस्तै परिस्थिति रहेको छ।दलित समुदायको माझी केही समय पहिले देखि कल बनाउने काम गर्ने गरेका छन्। कोरोनाको विश्वव्यापी प्रकोपको सुरुवात हुनुभन्दा करिब ८/१० दिन पहिले भाग्यले विदेश बाट नेपाल आइपुगे।परिवारको आर्थिक स्थिति कमजोर भएको देख्दा के गर्ने के नगर्ने दोधारमा बसिरहँदा विदेशको सोच आयो त्यहाँ पैसा कमाउन त्यति सहज छैन धेरै मिहिनेत गर्नुपर्छ कहिले काही अलपत्रमा पर्ने समेत छिमेकीले भनिरहँदा साथीभाइले भनिरहँदा नजाऊ जस्तो सोच आउँदा पनि परिस्थिति समयले बिदेसिने मन बनाईहाल्दो रहेछ अरुण माझीले भने के गर्ने राम्रो काम भनेजस्तो पैसा आउने काम पाउन नसक्दा मन खिन्न भएर नै विदेश जाने केही गर्ने भनेर कतार पुगे केही दिन राम्रै काम भयो पैसा पनि आउने गर्थ्यो तर केही समय पछि सम्बन्धित कम्पनीका व्यक्तिले थाहै नदिकन अर्को कम्पनीमा लगिदियो भएपनि काम गर्नै पर्यो पैसा कमाउनै पर्यो भन्दै काम निरन्तर गरिरहे र सक्थे पनि यसरी काम गर्दै जाँदा कतारको २ वर्ष २ महिनाको बसाइपछि स्वदेश फर्किए र अहिले कल बनाउने काम गर्छु अरुण माझीले भने।
विदेश मान्छे रहरले हाेइन बाध्यता ले मात्र जाने उनको भनाई रहेको छ। उनले कुराकानी गर्दै जाँदा भने घरमा श्रीमती, छोरा, आमा, भाई,बहिनी छन् काम नगरी कसरी खाने, अहिलेको यस्तो महंगो बजारमा केही गर्न एउटा काम गरेर कहा पुग्छ व्यापार व्यवसाय गर्न मन त लाग्छ नी तर के गर्नु अहिलेसम्म कुनै बैङ्कको ऋण लिएर व्यापार व्यवसाय गर्न सकेको छैन केहीले भन्छन् जग्गा धितो राखेर ऋण दिन्छ रे तर धितो राख्न पनि प्रयाप्त जग्गा छैन बिना धितो ऋण पाए केही गरिखाने अर्को काम गर्थे र बिस्तारै ऋण तिर्थे।गौर नगरपालीका वडा नं दुई निवासी माझी भन्छन् बैंकक को सहुलियतपूर्ण ऋण पाउने भए किन जानुपर्थ्यो युवालाई विदेश आफनै गाउँठाउँमा व्यापार व्यवसाय गर्ने वातावरण भयाे भने कुनै पनि युवा कामको खोजीमा विदेश जादैन्थे।अहिलेसम्म माझीले रोजगारमूलक कामको लागि कुनै तालिममा सहभागी नभएको बताउनुभयो।विदेश जानुभन्दा पहिले र त्यहाँबाट घर आइसकेपछि पनि कुनै सिपमुलक तालिम नलिएको बताए।दलित युवाको अवस्थाको बारेमा धेरै संघ संस्थाका व्यक्ति आएर धेरै कुरा सोधेर लेखेर जान्छन् म सित पनि सोध्न आएको थियो विदेश मा के काम गर्ने, अप्ठ्यारो के के भयो ,तालिम लिएर गएको की नगएको,पैंसा समयमा दिएको थियो कि थिएन जस्त अनेकौं प्रश्न गरे लेख्दै गए तर अहिलेसम्म अवस्था बुझ्न आएको छैन। धेरै जना आएर धेरै कुरा सोध्नछन् तर पछि केही न केही हुन्छ गुनासो गरेका हुन।शरीरले काम गरुन्जेल काम गरिन्छ पछि के हुने थाहा छैन पैसा आए ठिकै छ नआए कामको खोजीमा भारतको जम्मू पंजाब गइन्छ नत्र विदेश के गर्ने केही न केही गरी परिवार पाल्ने जिम्मेवारी पूरा गर्नै पर्छ।लेखपढ गर्न जान्ने मात्र छु मौका पाए अझै पढ्ने मन त छ तर पढ्नको लागि पनि समय चाहिन्छ जुन समय अब आएर दिन नसकिने अरुण माझीले भने गरिबीको कारण बाल्यकालमा पढ्न सकिने अवस्था थिएन सानै छाडा बाबा बित्नुभयो पछि म आफै पनि पढ्न रुचि नलागेको भएर पढ्न सकिएन।उनले भने दलित कसैको प्राथमिकतामा नपरेको र जनप्रतिनिले पनि चासो नदिएको हुनाले युवाहरु बिदेसिने मन बनाउने गरेको र आखाबाट आँसु झार्दै दुःख गर्न विदेश जान्छन् अरु के भन्ने दलित युवाको रोजगारीको लागि स्थानीय स्तरमा कुनै ठोस काम गर्न सके भने परिवार बालबच्चा छोडेर विदेश या भारतको विभिन्न ठाउँमा जानु पर्दैनथ्यो।पहुंच हुनेको जे काम पनि हुने, जहिले पनि ,जहाँ पनि हुने गरेको छ। ठाउँ ठाउँमा कलकारखाना उद्योग तथा फ्याक्ट्री भई दिने हो भने दलित समुदायको युवाहरुको बेरोजगारी समस्या समाधान भएर जानेछ तर विडम्बना स्थानीय ठाउँमा न त कुनै उद्योग छ न त कुनै कलकारखाना त्यस कारण पनि बेरोजगारी समस्या समाधानका निम्ति युवाहरू बिदेसिने गरेको होला उनले बताउनुभयो।
अब सरकारले ठाउँठाउँमा सानो भएपनि ठाउँठाउँमा उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने आवश्यकता रहेको देखिएको छ।
अहिले दलितको नाममा धेरै काम गर्ने संघ संस्था भएपनि कहीं न कहीं दलित समुदायको युवा युवती विभिन्न समस्या झेलिरहेको पाइएको छ। सदरमुकाम केन्द्रित संघ संस्था अहिले भने विशेष ग्रामीण भेगमा कार्यक्रम लाई निरन्तरता दिइरहेको पाइएको छ।त्यसैगरी बैंककहरुको कर्जा लगानी पनि कहीं न कहीं गरीब दलित केन्द्रित हुन नसकेको कुरा दलित अधिकारकर्मीहरु बताउँछ।
एक तिर दलितले भोग्ने समस्या छदै छ भने अर्को तिर जसको काधमा आम जनताले महिला, युवा,दलित,जनजाति,पिछडिएको क्षेत्र,सीमान्तकृत लगायत अन्य वर्गको हक, अधिकार ,रोजगारीको लागि जिम्मेवारी दिए उनीहरुले पनि दलित समुदायको किशोर,युवाहरुको रोजगारीको लागि ठोस कदम चाल्न सकेको छैन।रौतहटको केही पालिकाको वडामा युवाहरुको रोजगारीको लागि वडा स्तरीय कुनै योजना निर्माण भएको छैन।वडाको योजनामा धेरै जसो भवन निर्माण, सडक निर्माण, नाला निर्माण मात्र रहेको छ।केही कम भने नगरले मात्र युवाहरुको लागि गरेको छ आज भनौँ भने दलित युवाको लागि न्यून मात्र योजनामा समेटिएको हुन्छ।
गौर नगरपालिका वडा नं ४ का वडाध्यक्ष सञ्जय गिरीले अहिले दलित समुदायको आर्थिक अवस्था सुधार हुँदै गएको बताएकाछन्। उनले अहिले दलित भनेर छुवाछुत पनि कम भएको र केहीले पालिका लगायत अन्य निकायको कर्मचारीको रूपमा कार्यरत रहेको जानकारी दिनुभयो।करिब २०० जना दलितको जनसख्या रहेको वडा नं ४ का दलित वस्तीमा लधुवित बैंक को सहुलियतपूर्ण ऋण लगानी भएको र केहीले अहिलेसम्म पनि सहुलीयतपुर्न ऋण नपाएको सुनेको कुरा गर्दै अबको दिनमा दलित समुदायको स्वास्थ,शिक्षा रोजगारीमा विशेष ध्यान दिकन योजनाहरू बनाई अगाडि बढ्ने र बैंकको ऋण लगानी दलित समुदाय केन्द्रित हुने किसिमले लधुवित तथा अन्य बैंकक संग समन्वय गर्ने बताउनुभयो।
दलित बस्तीमा बैङ्कको ऋण लगानी जती हुनुपर्ने हो त्यति लगानी भएकाे छैन । आफूहरु बैङ्ककाे ऋण लिएर केही गरौं भनेको अहिलेसम्म कुनै बैङ्क कर्मी हाम्रो दलित बस्तीमा नआएको गौर नगरपालिका ४ निवासी नाम परिवर्तन सुजाता देवीले बताइन्। उनले बैंक भन्दा गाउँघर कै व्यक्तिसित आवश्यक परेको बेला ऋण पाउन सजिलो हुने तर बैङ्कले धेरै प्रक्रिया कागजात पुर्याएर मात्र ऋण दिने गरेको बताएकी छिन्।
एक तिर बैंकले कर्जा उपलब्ध नगराएको गुनासो आउँछ भने अर्को तिर बैङ्क कर्मचारी र बैङ्क प्रबंधकले आफूहरुले बैङ्क मार्फत गर्ने ऋण लगानी जातिगत,छुट्टै समुदायमा नभई ऋण तिर्न सक्ने या ऋण लिएर व्यापार व्यवसाय गरेर ऋण तिर्न सक्ने उपर लगानी गर्ने गरेको बैंक कर्मी बताउँछन्।।रौतहटको सदरमुकाम गौर स्थित रहेको करिब एक दर्जन खास गरी ससाना लघुवित्त बैंकले महिलाहरुको रोजगारी अभिवृद्धि , आत्मनिर्भर बन्न महिलाहरूको समुह बनाई ऋण लगानी गर्ने गरेको छ। तर बैंक हरुले गर्ने गरेको समुदायमा ऋण लगानी भने पालिकाको सबै वडाका सबै दलित वस्तीमा भने न्यून रहेको छ । ५/६ जनाको समूह बनाएर ऋण लगानी गरिन्छ तर कुनै समुहमा एक जना या दुई जना मात्र दलित समुदायको व्यक्तिको सहभागिता रहेको पाइएको छ।समुदायमा समुह बनाई ऋण लगानी गर्ने लघुवित्त बैंक हरुमा समता, डिप्रोक्स,ग्रामीण विकास बैङ्क, स्वावलम्बन, निर्धन,cyc, NIC लगायत अन्य थुप्रै बैंकहरू रहेको छ। ई सबैले विशेष गरी महिलालाई प्राथमिकतामा राखेको छ र ऋण पनि लगानी गरेको छ तर ऋण लगानी गर्ने समुहमा भने दलित सख्या न्यून रहेको छ।
इनै बैंकहरू मध्यको nic लघुवित्त बैंककका बैंक म्यानेजर विक्रमराज चौधरीले अहिले सम्म बैंकको सहुलियतपूर्ण ऋण सबै को पहुँचमा भएको बताउनुभयो।उनले दलित समुदायको व्यक्तिलाई प्राथमिकता दिएर ऋण लगानी गर्ने गरेको जानकारी दिनुभयो। तर पनि कहीं कहीं ऋण पाउने समुहमा दलित पर्न नसकेको कुरा बताउँदै केहीले ऋण लिन नचाहेको बताउँदै गर्दा दबाब दिएर ऋण ऋण दिँदा पछि लगानी असुल गर्न धेरै गार्हो हुने हुदा बलजफ्ती ऋण त्यस्ता व्यक्तिलाई या त्यस्ता समुहलाई दिने नगरेको तर ऋण तिर्न सक्नेलाई प्रक्रिया पुर्याएर लगानी गरेको बताएका छन्।उनले nic ले ऋण लगानी दलित समुदायलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने वाचा गरे।३१९ जनालाई धितो, बिना धितो ऋण दिएको जसमध्ये अधिक महिलाको समुह र त्यस समुहमा भित्र रहेको दलित समुदायको महिला लाई दिएको जानकारी दिनुभयो।हामीले दलित महिला लाई रोजगारी र स्वरोजगार हुन ऋण लगानी गर्ने गरेको र ऋण लिसकेपछि लगानी गरेको व्यापार व्यवसायको अनुगमन समेत गर्ने गरेको जिकिर गर्नुभयो।
यता ऋण दलित समुदायको व्यक्तिलाई उपलब्ध गराउने गरेको र बैङ्कको प्राथमिकतामा दलित समुदाय रहेको गौर स्थित रहेको डिप्रोक्स बैङ्कको शाखा प्रबंधक रामबाबु साहले बताउनुभयो। उनले ऋण दलित बस्तीमै लगानी नभएपनि दलित समुदायको व्यक्तिको समुहमा सहभागिता हुने गरेको बताएका छन्। शाखा प्रबन्धक साहले हामीले दलित बस्तीमा गएर समुह बनाउने र ऋण दिने र त्यो ऋणले आय आर्जनका लागि आफ्नो पाम्परगत सीप विकासका लागि निरन्तरता र व्यापार व्यवसाय गर्न बैठक, भेला गर्ने योजना बनाएको जानकारी दिएका हुन्।उनले बैंकले बिना धितो ऋण लगानी गर्ने गरेको र यसले महिलाहरु आत्मनिर्भर हुने गरेको बताएका हुन्।अहिले डिप्रोक्स बैङ्क संग करिब तीन हजार जना जोडिएको छ जस मध्ये दलिको सङ्ख्या एक हजार रहेको जानकारी दिएका छन्।गौर नगरपालिकाको ९ वटै वडामा महिलाहरुको समुह बनाई ऋण लगानी गर्ने गरेको जसमा एक सय भन्दा बढी सदस्य दलित समुदायको सदस्य रहेको बताएका छन्।उनले बैंकले भविष्यमा ऋण लगानी को लागि बनाउने विभिन्न समुहमा अब दलितको सहभागितालाई प्राथमिकता दिने बताउनुभयो।
बैंकको ऋण उपलब्ध हुन नसक्दा दलित समुदायको व्यक्तिकाे जीवनमा पर्ने असरहरू
आर्थिक रूपमा बलियो हुन हुन नसक्नु , व्यापार व्यवसाय गर्न नसक्नु ,गरेको व्यापार व्यवसाय फस्टाउन नसक्नु , आय आर्जनका श्रोत बढ्न नसक्नु , परम्परागत सीप विकास हुन नसक्नु ,वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढ्नु , उच्च शिक्षा हासिल गर्न सफल नहुनु ,जीवनस्तर उकास्न कठिनाई हुनु ,दलितको पुरानो पेसा नै सधैं अगाली रहने बाध्यता , लागूपदार्थको दुर्व्यसनमा दलित समुदायको युवा लाग्दै जानु,आपराधिक क्रियाकलापमा दलित समुदायको किशोर लाग्नु ,जस्ता धेरै नकारात्मक असर पर्ने दलित अगुवा सञ्जु बैठाले बताइन। उनले दलित समुदायले बैंकको ऋण सहज रुपमा नपाएको बताएकी छिन्। एकतिर अहिले मीटर ब्याजीको मुद्दाहरू बाहिरिएसगै साहु महाजनको ऋण पनि नपाउने अर्को तर्फ बैंक ले बिना धितो ऋण पनि नदिने भएपछि दलित समुदाय त्यसै मर्कामा पर्ने र दलितको जीवनस्तर झन् कठिन हुने दलित अगुवा बैठाले बताइन्।उनले सरकारले अब आम जनता,गरीब ,दलित को लागि बैंक ऋण सहज रुपमा उपलब्ध,बिना धितो बैंक ऋण उपलब्ध गराउने नीतिनियम बनाई अगाडि बढ्नुपर्ने धारणा राखेकी छिन्। उनले ससाना बैंकले ऋण सहुलियत व्याजमा दलित समुदायमा लगानी गर्न सके कृषि , माछापालन,भैंसी पालन,बंगुर पालन,कुखुरा फर्म, जस्ता धेरै आय आर्जनका काम दलित समुदायका मानिसहरूका लागि फाइदाजनक र आय आर्जनका श्रोत हुने हुनाले युवाहरु पनि बैंक मा गई ऋण उपलब्धता,लगानीका नियम , क्षेत्र,लगानी रकमका सीमा लगायत विभिन्न किसिमका शीर्षकमा हुने सहुलियतपूर्ण ऋण बारे दलित लगायत सम्पूर्ण युवाहरुले जानकारी लिनुपर्ने र ऋणको उपयोग गर्नुपर्ने आवश्यकता रहेको देखिएको छ।कतिपय अवस्थामा युवाहरुले आफूहरुलाई ऋण बारे जानकारी नभएको र सहयोग गरिदिनुपर्ने भन्ने गरेको र केही लाई आवश्यक सल्लाह तथा जानकारी दिनेगरेको वैठाले जिकिर गरिन्। राज्यले पनि युवाहरुको सहभागिता हुनेगरी रोजगारी मुलक तालिमका लागि विशेष दीर्घकालीन याेजना निर्माण गरी दिगो विकासको आधार निर्माण गर्नुपर्ने देखिएको र त्यसो गर्न नसकेको खण्डमा युवाहरु विदेशको भूमिमा दुःख गर्न बाध्य हुने स्पष्ट गर्नुभयो। राज्यको शक्ति युवा हो युवा रहे देश बन्छ त्यसैले बेरोजगार हाेइन रोजगारी सृजनाका लागि स्थानीय निकाय पनि अग्रसर हुनुपर्ने आवश्यकता महसुस सबैलाई हुनेगरेको दलित अगुवा सञ्जु वैठाले बताइन।
स्थानीय स्तरमा जुन दलित युवा,महिला , किसोर,किशोरी , बालबालिका, वृद्ध वृद्धा, लगायतको कति सँख्या छन् ,दलित समुदायका कति युवाहरु विदेश गए, कति जना रोजगार र कति बेरोजगार छन् कति उच्च शिक्षा पहुँचमा छन्,कति बैंकको पहुँचमा छन् कति कतिको बैंकको रिनमा पहुँचमा छन् जस्ता थुप्रै तथ्यांक पालिकाहरूसंग छैन केही पालिकाले भने न्यून डाटा मात्र राखेका छन्।