रौतहट १७ श्रावण । रौतहटको राजदेवी नगरपालीका ७ मुडवलवामा गौरवशाली पार्टी नेकपा एमाले नगरस्तरीय संयन्त्र तथा नगर कमिटीको बैठकले सदस्यहरु लाई विभिन्न जिम्मेवारी सहितको कार्यविभाजन गरिएको छ।

नगर संयोजक संजय यादवको अध्यक्षता तथा प्रमुख अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य अजय गुप्ता, विशिष्ठ अतिथि केन्द्रीय लेखा आयोगका केन्द्रीय सदस्य राज किशोर प्रसाद यादव, प्रदेश सदस्य रूप नारायण दास, जिल्ला संयोजक सचिदानन्द साह, जिल्ला कमिटी सचिवालय सदस्य मिथलेश यादव, जिल्ला कमिटी सदस्य नारायण दास, युवा संघ नेपालका जिल्ला संयोजक मुन्ना यादव, उपसंयोजक ओम प्रकाश मधेशिया लगायत नगर कमिटीका सदस्य हरुको उपस्थिती रहेको थियो।

मिसन ८४ लाई लक्षित गर्दै नगर कमिटीको विस्तारका साथै पार्टी लाई बलियों जनाधारको रूपमा अगाड़ी बढाउन र जनताको जनजीवीका लगायत किसानको समस्या लाई समाधानको लागि पालिका , प्रदेश, तथा केन्द्र संग जोड़दार मांग गर्ने निर्णय गरी बैठक समापन गरिएको थियो।