राजन कु. श्रीवास्तव मधेश,२६ गते मंसिर । मधेश प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगितामा आज राैतहट र सिरहा विजयी भएको छ । प्रतियोगितामा आज दुईवटा खेल भएको थियाे । पहिलो खेल राैतहट र सप्तरी बिच भएको थियाे । राैतहटले टस जितेर बैटिङ्ग गर्ने निर्णय गरेको थियाे । ब्याटिङ गर्न उत्रेको राैतहटकाे टिमले निर्धारित २० ओभर मध्ये १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८१ रन बनाएको थियाे । जवाफमा सप्तरीकाे टिमले ६१ रनमा अलआउट हुँदै पराजित हुन पुगेको थियो । जितसँगै राैतहट सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा मैन अफ द मैच चाँदनी खातुनले ६ विकेट हात पारेकी थिईन् । यता दाेस्राे खेलमा सिरहा र बारा बिच भएको थियो । जसमा सिरहाले जित हात पारेको छ । सिरहाकाे टिमले टस जितेर बैटिङ्ग गर्ने निर्णय गरेकाे थियाे । निर्धारित २० ओभरकाे खेलमा १ सय १५ रन बनाएको थियाे । १ सय १६ रनकाे लक्ष्य पाएकाे बाराकाे टिम १४ ओभर खेल्दै मात्र ३४ रन बनाउन सक्याे । उक्त खेलमा सिरहा विजयी भएको हाे । खेलमा मैन अफ द मैच मिना महताेले बैटिङ्ग गर्दै २५ रन बनाएकि थिईन् भने बलिङ तर्फ १ विकेट लिएकी थिईन् । भाेली(बुधबार) पहिलो खेल सिरहा र महाेतरी तथा राैतहट र बारा बिच खेल हुनेछ । प्रतियोगिताका सबै खेल रौतहट जिल्ला क्रिकेट संघको खेल मैदान गौर राइस मिलमा चलिरहेको छ । उक्त प्रतियोगितामा रौतहट,सर्लाही,बारा,महोतरी,सिरहा र सप्तरी गरी ६ जिल्लाका महिला खेलाडी टिमको सहभागिता रहेकाे छ । पर्सा र धनुषा भने यस प्रतियोगितामा सहभागीता जनाउन सकेको छैन् ।