राजन श्रीवास्तव माघ २७ , रौतहट । प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक संयम ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो जिल्ला यस्तै स्वास्थ क्षेत्रमा धेरै पछाडि परेको छ । जिल्लामा ठूलो अस्पतालको रूपमा प्रादेशिक अस्पताल गौर एकमात्र रहेको छ तर यहाँ राजनीतिक चहलपहलले अहिले पाउने पर्ने सेवासुविधा गरिब, निमुखा, मध्य वर्गको बिरामीहरूले नपाएर निजी अस्पतालहरूमा मोटो रकम तिर्न बाध्य भइरहेको प्रष्टै छ ।  लगभग ६ महिनादेखि राजनीति र व्यक्तिगत स्वार्थ सिद्ध गर्न मेसु विवादले प्रादेशिक अस्पताल गौर अहिले गाउँ -घरको आधारभूत अस्पताल भन्दा खराब अवस्था पुगेको छ । दक्ष डाक्टर, कर्मचारी भएपनि राम्रोसँग व्यवस्थापन हुन नसकेर कहिले स्वास्थ्यकर्मीहरू आफ्नो कामकाज बन्द गरिने सुचना आह्वान गर्छन् भने नेपाल सरकारले तोकेर पठाएको अौषधी अस्पतालमा नपाएर बाहिरको पसलबाट बिरामीहरू खरिद गर्न बाध्य हुन्छ लगायत दर्जनभन्दा बढी समस्या अहिले अस्पतालमा देखापरेको कारणले मेवालाल यादवले पत्रकार मात्र होइन यो जिल्लाको नागरिक समेत रहेको हुदा माघ २६ गते अर्थात शुक्रवार दिउँसो ३ बजेको क्रममा ६ बुदें माग सहित सुचनाको हक अन्तर्गत टेकेर दर्ता गराउन अस्पताल पुग्दा त्यहाँ दर्ता गर्न नदिने, मेवालाल यादवलाई  बेग्लाबेग्लै किसिमको व्यवहार, गाली बेइज्जती, दुर्ववहार र कुटपिट समेत अस्पताल संचालक समितिका अध्यक्ष मोहम्मद अनवर हास्मीले गरेका छन् भने साथमा मेसु डा. मुरारी ठाकुर लगायत अन्य कर्मचारीहरू समेतले यादवलाई विभिन्न धम्की दिएका थिए । यस्तो जघन्य अपराध गर्ने अपराधी मानसिकताका व्यक्तिले अस्पताललाई सुधार गर्न आएको हो कि जनताको स्वास्थबाट खेलवाड गर्न सबैले मुल्यांकन गर्नु होला भने सम्पूर्ण रौतहट जिल्लाबासीमा यादवले अनुरोध गरेका छन्  ।

यसै बीच नेपाल पत्रकार महासंघ रौतहट शाखाले एक विज्ञप्ति जारी गरी प्रादेशिक अस्पताल गौरमा मुनलाईट tv का मधेस प्रदेश ब्युरो मेवालाल कुमार यादब माथि गरीएको दुर्व्यवहार घटनाको भत्सर्ना गर्दैै घटनाको छानबिन गरि दोषी लाई कारवाहीको माग गरीएको नेपाल पत्रकार महासंघका सचिब मदन ठाकुर धनन्जय द्धारा जारी गरीएको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेकाे छ।