कार्तिक १९, रौतहट। बाबा बैजुनाथ सुगर एण्ड केमिक्लस इण्डस्ट्रिज सोमवार डोंगा पुजा सम्पन भएको छ ।रौतहटको कटहरिया नगरपालिका -९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिक्लस इण्डस्ट्रिजले नेपालमा नै यस वर्षको पहिलो उखु क्रसिङ गर्न काे लागि बाबा बैजुनाथ सुगर एण्ड केमिक्लस इण्डस्ट्रिजमा सोमवार डोंगा पुजा भएकाे छ। गत वर्ष १२ लाख ५० हजार उखु क्रसिङ सिजन पूरा गरेर बन्द भएको उद्योगको यस वर्ष सञ्चालनका लागि मिल्सको विभिन्न पार्टपुर्जा मर्मतसम्भारको काम सम्पन्न गरी उद्योग सञ्चालनका लागि सोमवार शुभ मुहुर्त निकालेर वैदिक मन्त्र उच्चारण गरी एक समारोहका बीच डोंगा पुजा सम्पन्न भएकाे छ।उद्योगको सम्पुर्ण सरसफाई र स्पेयरपार्टसको मर्मतसम्भारपछि र उद्योग सञ्चालन गर्नुअघि मिल्स प्रशासनले सिजनभर राम्ररी उद्योग सञ्चालनमा कुनै बाधा अवरोध नहोस् र राम्ररी सिजन अवधिभर उद्योग सञ्चालन होस भन्ने उदेशयले मिल्स पुजा गरिएको र यो वर्ष २० लाख क्युन्टल उखु क्रसीङ्ग गर्ने उद्देश्य रहोको मिलका संचालक बैजु प्रसाद बाबराले जानकारी दिएको छ । किसानबाट खरिद गरिएको उखु पेल्नका लागि सबैभन्दा पहिला राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्ने गरिन्छ। मिल्सका प्रबन्धक निर्देशक अभय प्रकाश जयसवालले डोंगा पुजा गरेका छन् ।