रौतहट १२, पुष। रौतहट स्थित विभिन्न बैङ्कको खाताबाट विद्युतीय माध्यमबाट रकम चोरी गर्ने ३ जना लाई प्रहरिले पक्राऊ गरेको छ।

गौर नगरपालीका वडा नं.-४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक को खाताबाट असार २९ गते देखी पटक पटक गरी बाह्र लाख छयालिस हजार चार सय चालिस , गौर नगरपालीका बड़ा नं.-७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा गौरमा रहेको खाताबाट असार २० गते देखी पटक पटक गरी पांच लाख, गौर नगरपालीका वडा नं.२ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाता बाट कार्तिक २९ गते ८० हजार , चन्द्रपुर न. पा.वडा नं.-९ का कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर को खाताबाट कार्तिक ३० गते देखी पटक पटक गरी ६ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा रकम खाता बाट चोरी गर्ने लाई प्रहरीले पक्राउ गरेको हो । गौर नगरपालीका वडा नं. ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी ,वडा नं. ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह , गुजरा नगरपालीका बडा न.६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नं.१० बस्ने बर्ष ४२ को राज कुमार साह पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेकाहरुले पटक पटक गरि ४ जनाको खाता बाट २४ लाख ,३७ हजार ६ सय ८५ रुपैया ५७ पैसा विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली खल्ती एप तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत पिडितहरुको खाताको रकम अनाधिकृत रुपमा निकालेका थिए । केही व्यक्तीहरु फरार रहेकोले खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।