फाल्गुन ९, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतबाट खटिएको गस्ती टोलीले विभिन्न स्थानहरुबाट भन्सार छलीको सामानहरु बरामद गरेर अवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएका छन् ।
यमुनामाई गाउँपालिका १ र इशनाथ नगरपालिका ४ बाट नेपाल प्रहरीले चप्पल, जुत्ता, किराना लगायत विभिन्न सामानहरु बरामद गरेका हुन् । करिव १ लाख १७ हजार २०५ रुपैया बाराबरको मालसामानहरु बरामद गरि आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।
बरामद सामानमा चप्पल, जुत्ता र किराना सामान रहेकाे छ।