आरके श्रीवास्तव,मधेश, २८ गते मंसिर । मधेश । मधेश प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगितामा सिरहाले आफ्नो कब्जा जमाएकाे छ । प्रतियोगितामा आज भएको फाईनल खेलमा जित निकालेको हाे । बाराले टस जितेर बैटिङ्ग गर्ने निर्णय गरेको थियाे । ब्याटिङ गर्न उत्रेको बाराकाे टिमले निर्धारित २० ओभरकाे खेलमा ६ विकेट गुमाउँदै ७५ रन बनाएको थियाे । जवाफमा सिरहाकाे टिमले ७६ रन बनाउँदै विजयी भएको थियाे । खेलमा मैन अफ द मैच अनुराधा चाैधरीले २६ रन बनाएकी थिईन् । यता दाेस्राे खेलमा बारा र सर्लाही बिच भएको थियो । जसमा बाराले जित हात पारेको छ । बाराकाे टिमले टस जितेर बैटिङ्ग गर्ने निर्णय गरेकाे थियाे । निर्धारित १५ ओभरकाे खेलमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियाे । ७६ रनकाे लक्ष्य पाएकाे सिरहा टिम निर्धारित १६ ओभर १ बल खेल्दै मात्र ७६ रन बनाउँदै विजयी भएको हाे । प्रधानमन्त्री कप टि—२० महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश टिमको खेलाडी छनौट गर्न उक्त प्रतियोगिता सम्पन्न भएको हाे । प्रतियोगिता मंसिर २४ गते २८ गते आज(बिहिवार) सम्म चलेकाे थियाे । उक्त प्रतियोगितामा रौतहट,सर्लाही,बारा,महोतरी,सिरहा र सप्तरी गरी ६ जिल्लाका महिला खेलाडी टिमको सहभागिता रहेकाे थियो । पर्सा र धनुषामा महिला टिम नभएको कारणले दुइ जिल्लाको सहभागिता हुन सकेको थिएन् । प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरू मध्ये १५ जना खेलाडी लाई मधेस प्रदेश टिमकाे लागि छनाैट गरिने संयाेजक गाैतम श्रेष्ठले जानकारी गराउनु भयाे । प्रतियोगिता पछि दुई सम्म चल्ने बन्द प्रशिक्षणमा खेलाडी छनाैट गरिने उनले बताए ।