काठमान्डू ।। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले शनिबार रंगभेद विरुद्धको एकता दिवस मनाउने क्रममा राजधानी काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने आमसभाको प्रचारप्रसार केही दिन अघिदेखि नै तीब्र बनाएको थियो । 

पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आएका राउत एकता सभा र साँस्कृतिक झाँकी प्रदर्शनमा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरु रंगभेद विरुद्धको पोस्टर प्रदर्शन र नारा लगाउँदै सभास्थलतर्फ बढेका थिए । मूलधारको राजनीतिमा समाहित भएपछि सो पार्टीले पहिलो पटक राजधानीमा कार्यक्रम गरेको हो ।