सिराहा ।। मालपोत कार्यालय सिराहाका निमित्त प्रमुख रामबाबु मण्डल घुस सहित पक्राउ परेका छन् । आज शुक्रवार बिहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले मण्डललाई पाँचलाख घुस सहित पक्राउ गरेको बर्दिवास कार्यालयका अधिकारी हरिप्रसाद घिमरेले बताएको छ ।
मण्डलले सेवाग्राहीबाट घुस लिरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरिएको अधिकारी घिमरेलेल बताए । मालपोत कार्यालयको कागज अदालत पठाई दिन घुस मागेका मण्डललाई घुस लिरहेकै अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुदैँछ ।