फाल्गुण १४, रौतहट। प्रभात स्कुललाई हराउदै मोनास्टिक स्कुुल प्याब्सन कप २०८० को फाइनलमा प्रवेश गरेको छ रौतहटको गौरमा आयोजित प्याब्सन कप २०८० टिट्वान्टी क्रिकेट खेलमा आज प्रभात स्कुल निर्धारित २० ओवर को खेलमा प्रभात स्कुल ले १९.१ ओवर मा सबै विकेट गुमाउदै १०६ को लक्ष्य दिएको थियो । उक्त लक्ष्य लाई पछ्याउदै मोनास्टिक क्रिकेट अकादमी गौरका खेलाडीहरुले ७ ओवर मा १ विकेट को क्षति मा १०६ रन बनाउदै ९ विकेट ले जीत हाथ पारेका छन । प्रभात स्कुललाई हराउद मोनास्टिक स्कुुल प्याब्सन कप २०८० को फाइनलमा प्रवेश मोनास्टिक इंटरनेशनल अकादमी स्कुल को कक्षा ५ मा पढ़ने बिधार्थी रोहित यादव मैन अफ द मैच बनेको छ। उनले ५४ रन बनाउदै ४ विकेट लिएको थिए । यो प्रतियोगितामा प्रथम विजेतालाई कप प्रदान गरिने छ भने उप बिजेता टिम लाई पनि सानो कप दिनेछन् प्रतियोगितामा गौरको १० वटा बोर्डिङ स्कुल प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ प्याब्सन कप २०८० को आयोजना गरिएको छ।