रौतहट १८ साउन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा १५ शैय्या आधारभूत अस्पतालको निर्माणका लागि नगर प्रमुख भिखारी प्रसाद यादव द्वरा शिलान्यास गरिएको छ । आज पुरोहित द्वरा पुञ्ज प्रतिसठांन गरि एक समारोहका बिच नगर प्रमुख यादवले नगरपालिकाको वडा नं.-५ मा १५ शैय्या बेडको अस्पताल निर्माणका लागि बिधिवत रूपमा शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका हुन् ।

चुनावी प्र्तिब्धता अनुरुप जनता लाई स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने र कम खर्चमा सुलभ सहुलियतका साथ उपचार हेने मदत पुगने उनका भनाई रहेका छन् । जीवनको मुलभूत आवस्यकता मध्ये एक रहेको स्वास्थ्य लाई ध्यानमा राखी न. पा. को सम्पूर्ण वडाहरुको केन्द्र बिन्दु पर्ने ढाउमा अस्पतालको स्थापना गरिएको बताए । अस्पतालको स्थापना बाट नगरका जनता हर्सित भएको स्थानीय हरुले बताए ।

न्यु ड्राइगन निर्माण सेवा प्रा. लि . काभ्रेपालचैक लाई ठेक न .०४/RM/NCB/०७९-०८० को १९,००,७३,४९०.०१ (उन्नइस करोड तिहत्र हजार चार सय नबे रुपैया) रकमको लागतमा २४ महिना भित्र निर्माण सम्पन्न हुने गरि कार्य सम्झौताका साथ कार्य अगाडी बढाइएको छ ।

उक्त अवसरमा रौतहट जिल्ला प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र,रौतह जिल्ला प्रहरी प्रमुख बिर बहादुर बुढा मगर , स्सत्र प्रहरी बल प्रमुख , नगर उपप्रमुख राजकुमारी देवी, वडा न ५ का वडा अध्यक्ष सुरेश पन्डित,वडा न ७ का वडा अध्यक्ष विजय शंकर यादव ,प्रमुख प्रसासकिय अध्कृत प्रलव कायस्थ , लेख पाल श्रीचन, इ.सन्जय पाण्डे , सूचना अधिकारी चन्द्र भुसन यादव,युवा नेता पवन साह लगायत सुरक्षा कर्मी ,संचार कर्मी का साथ स्थानीय भद्रभलादमी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।