रौतहट,१८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समग्र मधेश प्रदेशको विकासका लागि एमाले नै उत्तम विकल्प भएकाले बताएका छन्।

नेकपा एमाले रौतहटले आज सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । पोखरेलले देशलाई नेकपा एमाले सरकारले ल्याएका ठूला योजनालाई गठबन्धन सरकारले अवरोध पुर्याउने काम गरेको समेत आरोप लगाएका छन्।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको तयारी स्वरूप आज जिल्ला सदरमुकाम गौरमा प्रतिनिधि परिषदको भेला भएको थियो ।

पोखरेले भेलालाई सम्बोधन गर्दै माधवकुमार नेपाल र प्रभु साह गद्दार हो, यीनीहरु पार्टी संग अन्तरघात गरेका छन् यीनीहरु संग पार्टी संग एकता हुन सक्दिन भन्दै महासचिव पोखरेलले १५ बर्ष सम्म पार्टीका नेतृत्व गरेका माधव नेपालले दुई तिहाईको सरकारलाई ढाली काँग्रेसको पुल्टामा समर्पित भएको व्यक्ति कम्युनिष्ट हुन सक्दैन त्यो आफै विचार गर्नुस उनले भने ।
प्रभु साहले मधेशका साथीहरुको टिकट ल्याएर अन्य पार्टी संग साँठगाँठ गरेर एमाले संग अन्तरघात गरेका कारण आज एमाले आफनो स्थानमा त छदैछ साहको भोलीको अवस्था के होला ? कस्तो राजनीति गर्ला ? जनताहरु त्यता अन्तरघातीलाई चिनिसकेको अव उसको दिन गयो, फर्केर आउद्दिन समेत महासचिव पोखरेलले स्पष्ट पारे ।

पोखरेलले समग्र मधेश प्रदेशको विकासका लागि एमाले नै उत्तम विकल्प भएकाले एमालेको पक्षमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई जनता समक्ष पुग्न आग्रह गरेका थिए। जिल्ला संयोजक सच्चिदानन्द साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोलिट ब्यूरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, एमाले प्रदेश अध्यक्ष लगायत केन्द्रीय, प्रादेशिक, जिल्ला स्तरिय नेताहरुको साथै उत्साहपूर्वक कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।