रौतहट, १० फागुन । रौतहटको गौरमा जिल्ला स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यही फागुन १३ गते देखि संचालन हुन गईरहेको दादुरा रुबेला खोप अभियान २०८०–०८१ लाई भव्यताका साथ यस पूर्ण सफल बनाउन संचारकर्मी र संचारमाध्यमको जिम्मेवारी रहेको हुँदा यस कार्यमा साथ र सहयोग गर्न जिल्ला खोप प्रमुख अनिल कर्णले संचारकर्मीहरु संग आग्रह गरे । ९ महिना देखि लिएर १५ बर्ष मुनीका बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप दिन लगाउन कर्णले आग्रह गरे । रौतहट जिल्लामा २ लाख भन्दा बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको र खोप केन्द्र सामुदायिक र निजी विद्यालयमा खडा गरिने तथा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई उक्त वडा भित्रका स्वास्थ्य चौकीमा खोपको पूर्ण व्यवस्थापन भएको स्पष्ट पार्दै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप प्रमुख कर्णले संचारमाध्यमबाट व्यापक प्रचार प्रसार गरिदिएमा हामी लक्ष्य पुरा गर्न सक्छौ, संचारकर्मीहरुसंग आग्रह गरे । साथै यस अभियानलाई सफल बनाउन प्रचारप्रसारको लागि अन्य माध्यम प्रयोग गरिने र अभियानलाई सफल बनाउन हामी हर प्रयास गर्न तयार रहेको पनि कर्णले जिकिर गर्नुभयो । जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले स्थानीय तहमा पालिका प्रमुख नै खोप समन्वय समितिका अध्यक्ष हुने भएपनि उनीहरले समय दिन सक्दैनन् तर वडाध्यक्ष संग समन्वय गरेर अघि बढेमा मात्रै यो अभियान सफल हुने बताए । जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा आयोजित अभिमुखी कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक विक्रम हुमागाई, नेपाल रेडक्रश सोसाइटीका जिल्ला अध्यक्ष राजकिशोर यादव, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा , नेपाल पत्रकार महासंघका मधेस प्रदेश सदस्य शैलेन्द्र झा लगायतका जिल्लाका संचारकर्मी , युनिसेफका प्रतिनिधिको उपस्थिति रहेको थियो ।