चैत ५, रौतहट । रौतहटको गौरमा नेपाली काँग्रेस होली मिलन तथा शूभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नगर कार्यसमिति नेपाली काँग्रेस गौरकाे रौतहटकाे आयोजनामा गौर नगरपालिकाका मेयर प्रत्यासी मोहन यादवले सञ्चारकर्मीहरु संग होली मनाएका छन्। मेयर प्रत्यासी यादवले शूभकामना आदानप्रदान कार्यक्रममा उपस्थित दुई दर्जन भन्दा बढी सञ्चारकर्मी लाई गम्छा ओढाई सम्मान समेत गरेका छन्। गौर स्थित होटल कृष्णा इनको सभाहलमा आयोजित शूभकामना आदानप्रदान कार्यक्रममा आफ्नो मन्तब्य राख्दै यादवले होली पर्व सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गरेका छन्। उनले होलीको शूभकामना दिँदै होलीको समयमा देखिएका विकृतिहरु समाप्त होस, सबैजना मिलिजुली एकअर्कालाई सम्मानका साथ रंग,अबिर लगाई शान्तिपूर्ण रुपमा होली मनाउन आग्रह गरेका छन्।
नगर प्रमुख प्रत्यासी यादपले होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न र जबर्जस्ती रंग अबिर नलगाउन सबैलाई अनुरोध गरेका थिए ।कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय सभापति अवध प्रसाद, डा. नेता सर्फराज टैयव, क्षेत्र नं १ का सचिव सञ्जय यादव,सञ्जय कर्ण, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य शैलेन्द्र झा,वरिष्ठ पत्रकार प्रभात झा लगायत दुई दर्जन भन्दा बढी सञ्चारकर्मीको उपस्थिति रहेको थियो।