रौतहट,जेष्ठ १३। आजदेखि रौतहटमा आई. पी. भी खोप अभियान सुरु भएकाे छ। दुई चरणमा संचालन गरिने आइ.पी. भी खोप अभियान २०८१ अन्तर्गत आजदेखी रौतहट जिल्लामा पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा सुरु भएको छ । आजदेखि सुरु भएको आई. पि. भी खोप अभियान यी ९ ओटा पालिकामा जेष्ठ १७ गते सम्म खोप अभियान संचालन गरिनेछ।

यसैगरी दोश्रो चरणको खोप अभियान जेष्ठ २१ गतेदेखि जेष्ठ २६ गतेसम्म सञ्चालन गरिनेछ। दोस्रो चरणको आई. पी.भी. खोप अभियान रौतहटको राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा संचालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले जानकारी दिए ।यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने जिल्ला खोप संयोजक कर्णले वताउनुभयो । रौतहट जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेको संयोजक कर्णले जानकारी दिए।यस खोप अभियानमा स्वस्थकर्मी , स्वेमसेवक लगायत परिचालन गरिएको छ।