रौतहट,भाद्र ५ । प्रादेशिक अस्पताल गौर को लापरवाहीले एउटा शौचालयमा महिला पुरुष दुबैको संकेत राखेको देखिएको छ।
प्रादेशिक अस्पताल गौरमा रहेको महिला पुरुष दुवैको शौचालय चिन्ह एकै ठाँउमा रहेकोले भ्रम उत्पन्न गरेको छ । यस स्थानमा महिला र पुरुष शौचालयको संकेत एकै ठाउँमा राखिएको देखिन्छ, जसले गर्दा सेवाग्राहीमा अन्योलता उत्पन्न भएको छ।

प्राप्त जानकारी अनुसार, पुरुष शौचालयको मूल चिन्ह शौचालयको ढोकाको ठिक माथि र ढोकाको साईडमा अस्थायी रुपमा पेपरमा प्रिन्ट गरी महिला शौचालयको चिन्ह राखिएको छ।यो अस्थायी चिन्हको कारण, महिला र पुरुष शौचालयको चिन्ह एकै ठाउँमा देखिएको छ।

स्थानीय एकजना महिला सेवाग्राहीले बताए अनुसार एउटा शौचालयमा दुई ओटा चिन्हले भ्रम पैदा गर्दा महिला पुरुष एकै चोटी जाने गरेको जसले महिला असुरक्षित महसुस गर्ने गरेको छ।
यस प्रकार को भ्रमित चिन्हले महिला शौचालयमा नै असुरक्षित महसुस हुने अवस्था रहेको हुँदा तत्काल यस समस्याको समाधानको माग स्थानियले गरेका छन्।

सार्वजनिक स्थलमा यस्तो त्रुटि हुनुले महिला सेवाग्राहीमा असुविधा उत्पन्न हुने हुनाले सम्बन्धित निकायले उक्त चिन्हलाई सुधार गरेर स्पष्ट र सजिलो बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।